आफ्नै छोराले कुटेर बाबुको हत्या, फरार अभियुक्त ८ वर्षपछि पक्राउ

४ बर्ष अगाडि

आइतबार राती रोल्पामा आफ्नै छोराले बाबुको कुटेर हत्या गरेका छन् ।  जिल्लाको त्रिवेणी गाउँपालिका–४ , बागुरका २५  व​वर्षीय टेकबहादुर नेपालीले ६० वर्षीय बाबु लक्षिमान दमाईको हत्या गरेका हुन् ।

हत्या अभियोगी नेपालीलाई गएराती नै पक्राउ गरिएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीले जानकारी दिए ।

‘बाबुको हत्या गर्ने छोराले मदिरा सेवन गरेको देखिँदैन’ डिएसपी सुवेदीले भने, ‘घरायसी विवाद भएको पाइन्छ तर घटनाको थप अनुसन्धान हुँदैछ ।’

यस्तै अर्घाखाँचीमा एक फरार अभियुक्त ८ वर्षपछि पक्राउ परेका छन् । सोमबार जिल्लाको (साविक डिभर्ना गाविस–१) सन्धिखर्क नगरपालिका–११ का  तेजबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

कुँवरलाई जिल्ला अदालतले २०७० साल बैशाख १६ गते बहुविवाह मुद्दामा कैद सजायको फैसला सुनाएको थियो । सोही समयदेखि हालसम्म फरार कुँवरलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा सोमवार पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए  ।

४ बर्ष अगाडि

प्रतिक्रिया