आइपीओ निष्कासनको पालो पर्खिदैँ ३ हाइड्रो कम्पनी पाइपलाइनमा, कुन कम्पनीको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं, आइपीओ निष्कासनका लागि ३ हाइड्रो कम्पनी आइपीओ जारी गर्न लाइनमा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

करिब दुई महिना लामो निषेधाज्ञाका कारण आइपीओ निष्कासनको प्रक्रिया पनि अवरुद्ध भएपछि एकसाथ धेरै कम्पनीको आइपीओ जारी हुने भएको हो।

कुन कम्पनीको कति कित्ता ?

प्रक्रियामा रहेका थ्रि स्टार हाइड्रोपावर कम्पनीको रु.१२ करोड ३१ लाख २५ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर आइपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको लाइनमा छ । आईपिओ निष्कासनका लागि कम्पनीले गत साउन १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्ध हिमालयन क्यापिटल रहेको छ ।
 
यस्तै, अर्को गत साउन १३ गते धितोपत्र बोर्ड निवेदन रिर्भर फेल्स पावरले आइपीओ निष्कासनका लागि  पालो पर्खिरहेको छ । कम्पनीले रु.३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्ध प्रभु क्यापिटल रहेको छ ।

यसैगरी, अपर हेवाखोला हाइड्रोपावर कम्पनीले रु.२० करोड बराबरको २० लाख कित्ता शेयर आइपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको रहेको छ । कम्पनीले आईपिओ निष्कासनका लागि गत जेठ २ गते आवेदन पेश गरेको हो । कम्पनीको बिक्री प्रबन्ध एनएमबि क्यापिटल रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया