काठमाडौं, नेपालको सबैभन्दा ठूलो एक्सन थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा अहिलेका हटकेक अभिनेता पुष्प खड्काको प्रवेश भएको छ । गत वर्ष नै मौखिक सहमति भए पनि आइतवार मात्र निर्माण टिमले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेको हो । फिल्ममा पुष्प एक्सन भूमिकामा प्रस्तुत हुने बताइएको छ । यसका लागि उनी केही महिना एक्सनको तालिम लिने तयारीमा छन् ।
यो फिल्ममा अभिनेता द्वय सौगात मल्ल र अनमोल केसी पनि अनुबन्ध भइसकेका छन् । अब पुष्पले पहिलो पटक उनीहरुसँग एकसाथ स्क्रिन शेयर गर्नेछन् । फिल्ममा अभिनेता राज कटुवालको पनि अभिनय रहनेछ । केही दिनमा निर्माण टिमले अभिनेता अनुप विक्रम शाहीसँग पनि कागजी सम्झौता गर्दैछ । यसरी हेर्दा फिल्ममा कलाकारको लाइनअप निकै बलियो हुने देखिन्छ ।
प्रतिक्रिया