आकर्षक तलवका साथ रोमानियाले माग्यो ९५  जना नेपाली कामदार, कति छ तलव ?

४ बर्ष अगाडि

रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानियाको  G & G Recruitment SRL कम्पनीले (carpenter,Blacksmith/steel fixer,mason,plumber,lock,smith,labour,cook,waitress,cleanerका  लागि  ७७ पुरुष र १८ जना महिला गरि जम्मन ९५  जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ७६ हजार माथि रहेको छ । इच्छुक कामदारले शल्मानी ओभरसिज प्रा.लि को कार्यालय कोटेश्वर काठमाडौंमा भदौ १४ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया