फिल्म ‘पठान’ को क्‍लाइमेक्‍स सिन नै ‘टाइगर ३’ को सुरुवात, शुक्रवारबाट सुटिङ सुरु

४ बर्ष अगाडि

काठमाडौं, बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफको जोडी एकपटक फेरि पर्दामा फर्किएको छ । शुक्रवारबाट फिल्म ‘टाइगर ३’ को छायांकनका लागि उनीहरु रुस पुगेका छन् । त्यहाँ फिल्मको सेटबाट सलमानको केही तस्विरहरु लिक भएको छ । 
 
‘टाइगर ३’ मा मनीष शर्माले निर्देशन गरिरहेका छन् । ‘टाइगर’ फ्रेन्चाइजको पहिलो फिल्‍मलाई कबीर खान र दोस्रो पार्टलाई अली अब्‍बास जफरले निर्देशन गरेका हुन् । यसपटक फिल्ममा इमरान हाशमी भिलेनको भूमिकामा देखिँदैछन् । पर्दामा उनलाई सलमानसँँग भिड्दै गरेको देख्न पाइनेछ ।
 
फिल्मसँग जोडिएकोे एउटा रोचक कुरा के छ भने ‘टाइगर ३’ को कनेक्सन शाहरुख खान अभिनीत फिल्म ‘पठान’ सँग छ । यो फिल्ममा सलमान र कटरीना ‘टाइगर र जोया’ बनेर देखिँदैछन् र जहाँ ‘पठान’ को कहानी सकिनेछ भने त्यहीँबाट ‘टाइगर ३’ सुरु हुनेछ । अर्थात्, ‘पठान’ को क्‍लाइमेक्‍स (अन्तिमं) सिन नै ‘टाइगर ३’ को सुरुवात हो । दुवै फिल्मका निर्माता आदित्‍य चोपडा हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया