काठमाडौं, मनाकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा कारोबारमा आएदेखि २५८ कित्ता शेयर खरीदविक्री भएको छ । गत बिहीवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३६८.३० पुगेको छ ।
कम्पनीको शेयर कारोबार साउन २० गतेदेखि प्रतिकित्ता रू. २९६.७ मा खुला भएको थियो । उक्त दिन दिन कम्पनीको २० कित्ता मात्र शेयर खरीदविक्री भएको हो ।
पहिलो कारोबारको लागि नेप्सेले रू. ११०.५२ देखि ३३२.५२ मूल्यरेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएको गर्दछ । कम्पनीको आईपीओ साउन १७ गते सूचीकृत भएको थियो । कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो ।
प्रतिक्रिया