निरन्तरको वर्षाका करण महेन्द्रपुलमा जमिन भासियो, आधा दर्जन घर जोखिममा

४ बर्ष अगाडि

काठमाडौं - निरन्तरको वर्षाका करण पोखराको महेन्द्रपुलमा जमिन भासिएको छ । आइतबारदेखिको अविरल वर्षाका कारण पोखराको मुख्य बजार महेन्द्रपुलको सडक भासिएको हो । 

जमिन भाँसिदा आधा दर्जन घरहरु जोखिममा परेका छन् । जमिन भासिँदै जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । आइतबार बेलुकीदेखि अबिरल वर्षापछिको भलपानीले भासिदै गएको जमिन अहिले झनै पानीले खाल्डो ठूलो बनाउँदै लगेको छ । 

भासिएको ठाउँमा प्रहरी र स्थानीयको सहयोगमा ढुंगा गिट्टी र माटोले पुरेर पानी तर्काउने प्रयास भएता पनि निरन्तरको झरीका करण अप्ठ्यारो भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया