काठमाडौं - अफगानिस्तानबाट आज १५० जना नेपाली काठमाडौं आउँदैछन् । सोमबार दिउँसो सवा चार बजे जोर्डन एभिएसनको चार्टर उडानमार्फत स्वदेश फर्कने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किसकेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् ।
अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
प्रतिक्रिया