काठमाडौं, भनिन्छ नि धन स्थिर रहदैँन्, विशेष गरी वर्तमान दिन र समयसंगै परिवर्तित हुदैँ आएको उद्योग व्यापार र प्रविधि परिदृश्यको दौरान ।
देशको महत्त्वपूर्ण आर्थिक स्थितिको बावजुद धेरै नेपालीहरु आफ्नो कडा मेहेनत र प्रतिभाका कारण अरबौँ सम्पत्तिका मालिक बन्न सफल भएका छन् । नेपालले धेरै अरबपतिहरु र करोडपतिहरु उत्पादन गरेको छ जो आज संसारको सबैभन्दा धनी व्यक्तिको सूचीमा महत्त्वपूर्ण स्थान ओगट्न समेत सफल रहेका छन् ।
आज हामी नेपालका यस्ता ५ धनी व्यक्तिको चर्चा गर्नेछौँ,जो अरबौैँ सम्पत्तिका मालिक हुन् ।
विनोद चौधरी नेपाल सबैभन्दा व्यक्ति मात्र नभएर विश्वको धनी व्यक्तिहरु सूचीमा अट्न सफल व्यवसायी हुन् । उनको कुल सम्पत्ति १.७ विलियन डलर रहेको छ । चौधारीले १९ वर्षको उमेरमा काठमाडौंको कपर फ्लोर नाइट क्लबबाट आफ्नो उद्यमी यात्रा सुरु गरेका थिए । अब, उनी हाल नेपालको सबैभन्दा विश्वसनीय ब्रान्ड चौधरी ग्रुपका मालिक हुन् ।
चौधरी ग्रुप उपभोक्तालाई सामान, आतिथ्य सेवा, वित्तिय सेवा, शिक्षा, इलेक्ट्रोनिक्स, बायोटेक आदि प्रदान गर्ने बहुराष्ट्रिय ग्रुप हो । १९ देशमार्फत चौधरी ग्रुपले ८० भन्दा बढी कम्पनीहरु चलाउँदछ ।
यस्तै, शेष घले नेपालका दोस्रो धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति १.८ विलियन अमेरिकी डलर रहेको छ । घले गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष थिए र हाल उनी मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), अस्ट्रेलियाका सीईओ र सह संस्थापक हुन् ।
घले विश्वव्यापी नेपाली डायस्पोरामा पहिलो र नेपाली मूलकका दोस्रो अबरपति हुन् । सन् २०१९ को वित्तिय समीक्षा अनुसार घले अस्ट्रेलियाका ७८ औँ धनी व्यक्ति हुन् ।
यसैगरी, हाल मास्कोमा बस्दै आएका उपेन्द्र महतो नेपालका तेस्रो धनी व्यक्ति हुन् । महतोको कुल सम्पत्ति २५० मिलियन अमेरिकी डलर देखि ९०० मिलियन अमेरिकी डलरको बीचमा रहेको छ । उनले इलेक्ट्रोनिक्स, तेल र ग्याँस ,घर जग्गा, वित्तिय सेवाहरु र नेपालको एनसेल एक्सिटामा लगानी गरेका छन् । उनी एनआरएनएको अन्र्तराष्ट्रिय समन्वय परिषद(आईसिसि)का पूर्व अध्यक्ष पनि हुन् । हाल उनी रुस नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।
नेपालमा जन्मेकी र अस्ट्रेलियामा पढाई गरेकी जमुना गुरुङ नेपालको सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो महिला हुन् । नेपालको सबैभन्दा धनी व्यक्तिहरुको सूचीमा जमुना गुरुङ चौथो स्थानमा आउँछिन् । गुरुङ कुल २६० मिलियन अमेरिकी डलरकी सम्पत्तिकी मालिक हुन् । यस्तै, उनी अस्ट्रेलियाकी ८ औँ धनी महिला हुन् । हाल उनी मेलबोर्न इन्स्टिच्युट अफ टेक्नोलोजी –एमआईटी) अस्ट्रेलियाकी कार्यकारी निर्देशक र प्रबन्ध निर्देशक हुन् । जसलाई उनी र उनका पति( नेपालका दोस्रो धनी व्यक्ति शेष घले) मिलेर स्थापना गरेका थिए ।
मुक्तिश्री गु्रप अफ कम्पनीका अध्यक्ष अजय सुमर्गी २०० मिलियन अमेरिकी डलर सम्पत्ति सहित नेपालका पाँचौ धनी व्यक्ति हुन् । उनी नेपाल स्याटेलाइट टलिकम प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक हुन् ।
अजय एनसेल प्रा.लिका संस्थापक सदस्य पनि हुन् । उनले मुक्तिश्री हाइड्रोपावर,हिमालय स्प्रिंग वाटर, हेटौँडा एकेडेमी र नेशनल कलेज अफ हायर एजुकेशन लगायत नेपालकमा धेरै व्यापारिक र व्यावसायिक परियोजनाहरुमा लगानी गरेका छन् ।
प्रतिक्रिया