एजेन्सी - तालिबानले अमेरिकाको बाइडेन प्रशासनलाई अफगानिस्थानबाट आफ्नो सैनिक फिर्ता समयमै नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । तालिबानको प्रवक्ता सुहेल शाहीनले अगस्ट ३१ मा अमेरिकाले अफगानिस्तान छोड्ने कुरा बताइसकेको स्मरण गराएका छन् ।
साथै अहिले आएर त्यसबाट पछि हट्न नमिल्ने पनि उनको भनाइ छ । ३१ अगस्ट भन्दा एक दिन मात्र पनि म्याद बढाउन नमिल्ने उनले बताए । यदि सैनिक त्यही राखिरहेमा जस्तो परिणाम पनि आउन सक्ने उनको भनाइ छ ।
अमेरिकीहरूलाई अफगानिस्तानबाट सुरक्षित रूपमा बाहिर निकाल्नका लागि अगस्ट ३१ पछि पनि आफ्ना सैनिक त्यहाँ रहने बाइडनले बताएका थिए ।
प्रतिक्रिया