३७ अर्बको ४० लाख बढी मोबाइल आयात, नेपालमै मोबाइल एसेम्बलिङ गर्न अध्ययन शुरू

४ बर्ष अगाडि

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले नेपालमै मोबाइल एसेम्बलिङका लागि सम्भाव्यता अध्ययन शुरू गरेको छ । विदेशबाट वार्षिक अर्बौंको मोबाइल फोन आयात भइरहँदा त्यसको विकल्पमा नेपालमै एसेम्बिलिङ गरी व्यापारघाटा कम गर्न सकिने अध्ययन प्राधिकरणले गरेको हो ।

नेपाल मोबाइल फोन एशोसिएशन अफ नेपालका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै नेपालमा करीब ३७ अर्बको ४० लाख बढी सेट मोबाइल फोन आयात भएको छ । आयात बढेपछि यस सम्बन्धमा अध्ययन गर्न प्राधिकरणले ७ सदस्यीय वर्किङ कमिटी बनाएको छ ।

उक्त कमिटीले नेपालमा मोबाइल फोन एसेम्बिलिङ र रिफर्बिर्सिङबारे अध्ययन गरेको हो । एसेम्बिलिङ भन्नाले पाट्र्स ल्याएर नेपालमै मोबाइल बनाउनु हो भने रिफर्बिसिङ भनेको बिग्रिएका पुराना मोबाइललाई मर्मतसम्भार गरी नयाँ बनाउनु हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया