काठमाडौं - प्रदेश १ को मुख्यमन्त्रीका लागि आफूलाई सहयोग गर्न एमाले सचिव भीम आचार्यले माधवकुमार नेपाल सामु गरेको आग्रह नेता नेपालले अस्वीकार गरेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रदेश १ को मुख्यमन्त्री बन्न हच्किएका आचार्य उक्त पद प्राप्तिका लागि नेपालको सहयोग माग्नका लागि शनिबार बिहान नेपालको कोटेश्वरस्थित निवास नै पुगेका थिए । तर, उनलाई सघाउने विषय अहिले सम्भव नरहेको जवाफ नेता नेपालले दिएको उनीनिकट स्रोतले जनाएको छ ।
प्रदेश १ मा माधव नेपाल पक्षले मुख्यमन्त्री पाउने सम्भावना बढेको छ । त्यसैले नेता आचार्यले नेपालको सहयोग खोजेका हुन् ।
प्रतिक्रिया