काठमाडौं - निरन्तरको वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची र आसपासको क्षेत्रमा पुनः बाढीको जोखिम बढेको छ । पानी पर्न थालेसँगै मेलम्ची नदीमा पानीको सतह बढन थालेकाले स्थानीय त्रासमा रहेका छन् ।
मेलम्चीको बाढीले मेलम्ची र इन्द्रावती नदीमाथिको दुई वटा झोलुङ्गे पुल उच्च जोखिममा परेको स्थानीयले बताएका छन् । पुल बाढीले बगाउने अवस्था आएपछि स्थानीयले डोजर प्रयोग गरेर संरक्षणका लागि पहल थालेका छन् ।
डोजरमार्फत पानीको बहाव परिवर्तनको प्रयास गरेपनि त्यो सम्भव हुन नसकेको मेलम्ची नगरपालिकाले जनाएको छ । गएको असार १ गते र साउन १६ गतेको बाढीले मेलम्चीमा रहेको दुई वटा मोटरेबलपुल बगाइसकेको छ ।
बाढीमा परेर पाँच जनाको मृत्यु भएको थियो । बाढीमा परेर २० जना बेपत्ता भएका छन् ।
प्रतिक्रिया