मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, २३ लाख २४ हजार आवेदकको हात खाली

४ बर्ष अगाडि

काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । आईपीओ बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा अहिले बिहान ८:३० बजे सम्पन्न भएको हो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । 

त्यसैले बाँडफाँडमा २३ लाख ५४ हजार ७ सय ८४ जना योग्य आवेदकलाई समावेश गराइएको थियो ।  गोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका छन्  । जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका छन् । बाँकी  २३ लाख २४ हजार आवेदकको भने हात खाली भएको छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । 

जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया