काबुलबाट भइरहेको उद्धार अभियानमा व्यवसायीक विमान प्रयोग गरिने, अहिलेसम्म कम्तीमा २० जनाको मृत्यु

४ बर्ष अगाडि

एजेन्सी - अफगानिस्तानबाट मानिसहरुको उद्धारका लागि व्यवसायीक जहाजहरु पनि प्रयोग गरिने अमेरिकाले जनाएको छ । उद्धार अभियानलाई थप तीव्र पार्नका लागि व्यवसायीक जहाजहरु पनि प्रयोग गर्ने तयारी भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो ।

अफगानिस्तानमा अगस्ट १५ मा तालिबान कब्जा गरेपछि हजारौँ अफगानीहरु देश छोड्न चाहन्छ । उनीहरु काबुल विमानस्थलको बाहिर भिडभाडसहित बसेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार दिएको जानकारी अनुसार एक हप्ताकोबिचमा अमेरिकाले अफगानिस्तानबाट २८ हजार मानिसको उद्धार गरेको छ ।

काबुल विमानस्थल बाहिर हजारौँ मानिस भिडभाड गरिरहेका छन् । अहिलेसम्म भागदौड तथा गोली लागेर कम्तीमा २० जनाको ज्यान गएको छ । केही मानिसको कुचिएर मृत्यु भएको नेटोका अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया