एजेन्सी - इङ्ग्लिस प्रिमियर लिगमा दोस्रो पटक चेल्सीका लागि डेब्यू गरेका रोमेलु लुकाकुले गोल गर्दा आर्सनल २–० ले पराजित भएको छ । खेलको १५ औँ मिनेटमा नै गोल गर्दै लुकाकुले थोमस टुकलको टोलीलाई अग्रता दिलाएका थिए ।
लुकाकु हालै मात्र ९।८ करोड पाउन्डमा इन्टर मिलानबाट चेल्सी फर्किएका हुन् । यसअघि सन् २०११ मा लुकाकु चेल्सी भित्रिएका थिए । तर क्लबले उनलाई त्यतिबेला बेचेको थियो । खेलको दोस्रो हाफमा रिस जेम्सले अर्को गोल थप्दै आर्सनलको जीत सुनिश्चित गरे ।
पराजयसँग आर्सनल पुछारबाट दोस्रो स्थानमा रहेको छ । आर्सनलभन्दा तल गोलअन्तरका आधारमा नर्विच मात्र रहेको छ । आर्सनलसहित पाँच टोलीले हालसम्म लिगमा अंक बटुल्न सकेका छैनन् । ११८ सिजन र १२८ वर्षपछि लिग प्रतियागितामा आर्सनलको योसबैभन्दा खराब सुरुवात हो । पहिलो खेलमा आर्सनल ब्रेन्डफोर्डसँग २–० गोलले नै स्तब्ध बनेको थियो ।
साथै म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ । सेन्ट म्यारी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली साउथह्याम्पटनले अग्रता जोगाउन नसक्दा युनाइटेडसँग बराबरीमा रोकिएको हो ।
खेलको ३० औं मिनेटमा युनाइटेडका फ्रेडले आत्मघाती गोल गरेपछि खेलमा अग्रता बनाएको घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा युनाइटेड पुनरागमन गर्न सफल भयो । खेलको ५५ औं मिनेटमा पउल पोग्बाको पासमा म्यासन ग्रीनउडले गोल गर्दै खेल बराबरीमा ल्याए । यद्यपि त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा खेल १(१ को बराबरीमा टुंगियो ।
त्यस्तै आजै सम्पन्न अर्को टोटेनहम हट्सपरले वुल्भ्समाथि जित निकाल्यो । मोलिनिउक्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले टोटेनहममाथि खेल अवधिभर दवाब बनाएको थियो । यद्यपि टोटेनहमलाई जितका लागि खेलको ९ औं मिनेटमा डेले अलीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेको गोल पर्याप्त बन्यो ।
म्यानचेस्टर सिटी जाने चर्चामा रहेका ह्यारी केनले पनि आजको खेलमा १० औं मिनेटमा मैदान प्रवेश गर्दै यो सिजनको पहिलो खेल खेले । पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटीलाई हराएको टोटेनहमको यो लगातार दोस्रो जित हो ।
प्रतिक्रिया