नेपालको पार्टी दर्ता प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् विस्तार, माओवादीले जति नै भाग पाउने

४ बर्ष अगाडि

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको पार्टीको दर्ता प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । 

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा भइसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्  ।

बैठकले पार्टीलाई व्यवस्थित र विधिसम्मत रूपले सञ्चालन गर्दै अन्य कम्युनिस्ट शक्तिहरूसँग एकता र ध्रुवीकरणका लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

त्यस्तै नेपाल नेतृत्वको पार्टी नेकपा माओवादी बराबरकै हैसियतामा सहभागी हुने भएको छ। नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत ९समाजवादी० ६ जना मन्त्रीसहित सरकारमा सहभागी हुने भएको हो । 

यद्यपि मन्त्रिपरिषद् विस्तार भने निर्वाचन आयोगले पार्टी दर्ता गरेपछि मात्रै हुने भएको छ । सत्ता गठबन्धनबीच नेपाल नेतृत्वको पार्टीलाई ५ मन्त्री र एक राज्यमन्त्री दिने तथा पार्टी दर्ताले आधिकारिकता पाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । 

नेकपा समाजवादीबाट बेदुराम भुसाल, प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री र किसान श्रेष्ठ मन्त्री बन्ने सम्भावना बलियो रहेको स्रोतले दाबी गरेको छ ।

यस्तै जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना तथा मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको नेपाल निकट स्रोतले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया