कतारको एकै कम्पनीमा ४६४ जना  नेपाली कामदारको माग, मासिक तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं, कतारको एक कम्पनीले भारी मात्रामा  नेपाली कामदारको माग गरेको छ । कतारको AXIOM INTERNATIONAL WLL कम्पनिले ४६४ जना नेपाली पुरुष कामदारको माग गरेको हो  । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । साथै कामदारले कम्पनी नियम अनुसार वार्षिक बिदा पनि पाउने छन् । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३२ हजार माथि देखि ८० हजार माथि रहेको छ । इच्छुक कामदारले Indo Arab Manpower Pvt.Ltd. Lalitpur मा भदौ १३ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया