मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन कहिले ?

४ बर्ष अगाडि

काठमाडौं,  मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन भदौ ८ गते (मंगलवार) रहेको छ । 

कम्पनीले साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। ३०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । 

शेयर खरीद गर्दा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन गर्नु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको छ । आवेदन बुझाउन स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

साथै, कम्पनीले भदौ ९ गते बिहान १० बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितीमा बोलपत्र खोलिने जानकारी गराएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया