इजरायल रोजगारीका लागि ९ हजार बढि आवेदन, लोकसेवाको विधि अनुसार लिखित र मौखिक परीक्षा हुने

४ बर्ष अगाडि

काठमाडौं - इजरायलमा सहायक कामदारका लागि आवेदन दिएकाहरूको लिखित र मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधि अनुसार सञ्चालन हुने भएको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्राप्त आवेदनहरूको अध्ययन भइरहेको र आवेदन स्वीकृति भएकाहरूको लिखित र मौखिक दुवै परीक्षा लोक सेवाको विधि अनुसार गरिने जनाएको हो । 

इजरायलमा कामदार पठाउन नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोजमा श्रम सम्झौता भएको थियो । सम्झौता अनुसार विभागले एक हजार जनाको आवेदन मागेको थियो । जसमा ९ हजार ६९९ जनाको आवेदन परेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

इजरायलमा सहायक कामदारका लागि एक हजार जनाको माग भई आएको र त्यस अनुसार वैदेशिक रोजगार विभागले आवेदन खुलाए पछि मन्त्रालय र विभागका अधिकारीसँग आफ्नो सम्बन्ध भएको भन्दै प्रलोभनमा पारी गैर कानुनी रूपमा रकम असुल गरिरहेको गुनासो पनि आएको भन्दै यसतर्फ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया