काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार र सोमबार बन्द रहने छ । सरकारले आइतबार रक्षाबन्धन तथा जनै पूर्णिमा र सोमबार गाइजात्रा पर्वको अवसरमा उपत्यकामा सार्वजनिक विदा दिएसँगै दुई दिन नेप्सेमा शेयर कारोबार पनि बन्द हुने भएको हो ।
सरकारले सार्वजनिक विदा दिएसँगै अब मंगलबारदेखि मात्र नेप्सेमा शेयर कारोबार हुने भएको छ ।गत बिहीबार नेप्से सूचक १८.२४ अंकले घटेर ३ हजार १८० दशमलव ७८ बिन्दुमा नेप्से बनद्य भएको छ । गत साता नेप्सेमा कारोबार रकम करिब १ खर्ब पुगेर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार गत साता कूल २२९ कम्पनीको १५ करोड ७१ लाख २६ हजार ४८४ कित्ता शेयर ९७ अर्ब ५९ करोड १६ लाख ३७ हजार ८८६ रुपैयाँमा खरिद–बिक्री भएका हुन् । यो रकम एक सातामा कारोबार भएको हालसम्मकै उच्च हो ।
प्रतिक्रिया