काठमाडौँ – मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लादेको भनी मुद्दा चलाएको श्रम मन्त्रालयले खाडीको अझ ठूलो सिन्डिकेटमा आँखा चिम्लिइरहेको छ ।
गाम्का नेपालका नाममा सीमित स्वास्थ्य संस्थाले सरकारको सीमाभन्दा धेरै रकम उठाइरहेका छन् ।
मलेसियाका हकमा ३९ स्वास्थ्य संस्थाले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्थे । खाडीका साउदी, ओमन र बहराइनका लागि स्वास्थ्य परीक्षण गर्ने स्वघोषित जम्मा १२ मेडिकल छन् । मलेसिया जानेले ४ हजार ५ सय तिर्थे । गाम्कामा ५ हजार ५ सय रुपैयाँ र १० डलर ९करिब ११ सय रुपैयाँ० अनलाइन फारम शुल्क गरी ६६ सय लाग्छ । सरकारले ५ हजार ७ सय ८० रुपैयाँ यसको सीमा तोकेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
प्रतिक्रिया