काठमाडौं - अफगानिस्तान तालिवानले नियन्त्रणमा लिएपछि त्यहाँबाट विभिन्न देशका नागरिकले देश छाड्ने क्रम जारी छ । सोही क्रममा कतार हुँदै नेपालीहरु पनि आउने क्रम जारी रहेको छ ।
सोही क्रममा काबुलबाट ताजकिस्तान पुगेका दुई नेपाली एअर इन्डियाको जहाजबाट फर्किँदैछन् । उनीहरु भारतको नयाँ दिल्ली पुगेर काठमाडौं आइपुग्ने बताइएको छ ।
भारतको विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीका अनुसार दुइ नेपाली एअर इन्डियाको विमानबाट ताजकिस्तानबाट नयाँ दिल्ली आउँदैछन् । उक्त विमानमा ८७ जना भारतीय रहेको उनले ट्वीट्मार्फत जनाएका छन् ।
अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाल आइपुगेका छन् । तालिबानले अफगानिस्तानको राजधानी काबुलसहितका शहरहरू कब्जा गरेसँगै त्यहाँ रोजगारीका लागि पुगेका नेपालीहरुको विभिन्न देशको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो ।
भारतले आफ्ना नागरिकको धमाधम उद्धार थालेको छ । काबुलबाट दोहा पुगेका १३५ भारतीय आफ्नो देश फर्किएको भारतीय सञ्चार माध्यमले जनाएको छ । यसरी काबुलबाट भारत फर्किनेमा उनीहरु पहिलो ब्चाज भएको कतारस्थित भारतीय दूतावासले जनाएको छ ।
अफगानिस्तानमा रहेका ५०० भारतीयहरु आइतवार नै त्यहाँबाट फर्कन चाहिरहेको बताइएको छ। यता भारतको विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीका अनुसार ८७ जना भारतीय एअर इन्डियाको विमानबाट ताजकिस्तानबाट नयाँ दिल्ली आउँदैछन् ।
आजैमात्र काबुलबाट भारतीय एअर फोर्सको जहाजमार्फत १६८ दिल्ली ल्याउँदै गरेको बाग्चीले जनाएका छन् । जसमा १०७ जना भारतीय रहेको उनले बताएका छन् ।
प्रतिक्रिया