काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रसको पाफोस सहरमा रहेको panimax recrutment ltd कम्पनीले डेमोस्ट्रिक वर्करका लागि दुई पुरुष र १२ महिला, कुकका लागि ५ पुरुष र सेलरका लागि एक पुरुष गरि जम्मा २० जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ४३ हजार माथि देखि एक लाख १० हजार माथि रहेको छ । इच्छुक कामदारले हेल्प ओभरसिज प्रा लीको कार्यालय रिङरोड नयाँबाटो चोक ललितपुरमा भदौ १२ र १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
प्रतिक्रिया