काठमाडौँ - नेकपा एमालेबाट बहिरिएका माधव नेपाल नेतृत्वको नेकपा९एकीकृत समाजवादी०लाई सत्ता गठवन्धनले विशेष महत्व दिएर राजनीतिक नियुक्ति तथा सरकारमा हिस्सेदारी दिने भएको छ ।
केपी शर्मा ओलीलाई हटाएर प्रतिनिधिसभाको पुनःस्थापना र शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणमा माधव नेपालको जोखिमपूर्ण कदमले निर्णायक भूमिका खेलेको निष्कर्शमा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । माधव नेपालले पार्टी नवानाउंदै राष्ट्रिय सभाको निर्वाचनबाट विशेष महत्व पाएका माधव नेपालले हाल सरकारका नियुक्तिहरुमा प्रथामिकता पाइरहेका छन् ।
संघ र प्रदेश सरकारबाहेक ओली नेतृत्वको सरकारले गरेका करिब एक हजार नियुक्ति प्रक्रिया पुर्याएर खारेज गहुने भएका छन् । ती पदहरुमा कम्तीमा दुई सयदेखि तीन सयस सम्म पद माधव नेपालले पाउने भएका छन् ।
माधव नेपालकै प्रस्ताव अनुसार उनको पार्टीले बैधानिकता पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले गत बिहीबार एक कार्यक्रममा नेपालको पार्टी दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।
प्रतिक्रिया