काठमाडौं - नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको खुद मुनाफामा गिरावट आएको छ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा २ करोड २१ लाख ८२ हजार खुद नोक्सानीमा छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यता, विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घटेर २ करोड ५४ लाख १४ हजार रुपैयाँमा सीमित हुन पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले प्रकाशन गरेको विवरण अनुसार कम्पनीले २०७८ असारमा आएको बाढिका कारण भएको क्षचि बापत ८ करोड ७५ लाख बिमा दावी गरेको र उत्तः दाबि समिक्षा अवधिको आम्दमनीमा उल्लेख नगरीएको जनाएको छ ।
हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने ३५ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २१ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३७ पैसा रहेको छ ।
तल्लो इन्द्रावती जलविद्युत आयोजनाको लाईसेन्स पाएपछि प्रोभिजन भएको रकम फिर्ता भएपछि वासलात धनात्मक बन्ने छ । फलस्वरुप कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशतसम्म लाभांश क्षमता बन्ने कम्पनीले विवरणमा उल्लेख गरेको छ ।
प्रतिक्रिया