काठमाडौं - महालेखा परीक्षकको कार्यालयले खाडी र मलेसिया केन्द्रित नेपालको वैदेशिक रोजगार क्षेत्रलाई विविधीकरण गरेर फराकिलो बनाउन नसेकेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्य प्रगतिमा असन्तुष्टि जनाएको छ ।
शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको महालेखाको ५८ औं वार्षिक प्रतिवदेन २०७८ मा उक्त असन्तुष्टि जनाइएको हो । वैदेशिक रोजगारीका लागि संस्थागत १ सय १० र व्यक्तिगत रोजगारीका लागि १ सय ७२ देश खुला गरिएको भएपनि वैदेशिक रोजगारीमा गएकामध्ये खाडी र मलेसियामा मात्र ८७ प्रतिशत र अन्य देशमा १३ प्रतिशत गएको महालेखाले प्रतिवेदनमा औंल्याएको छ ।
प्रतिवेदनमा आर्थिक वर्ष २०१९/२०२० मा श्रम स्वीकृति लिएर मलेसियामा १५ प्रतिशत, कतारमा १७ प्रतिशत, यूएईमा २७ प्रतिशत, साउदी अरबमा २० प्रतिशत र अन्य देशमा २० प्रतिशत कामदार गएको उलेख छ ।
प्रतिवेदनले रोजगारीमा गएकामध्ये ९ देशसँग श्रम सम्झौता भएको र ८ देशमा मात्र न्यूनतम पारिश्रमिक तोकिएको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सीप तथा क्षमता वृद्धिमा ध्यान नदिएको समेत औंल्याएको छ ।
प्रतिक्रिया