काठमाडौं - यस वर्षको जनै पूर्णिमा आज मनाइँदैछ । जनै पूर्णिमामा मान्यजनबाट जनै तथा डोरो लगाउने परम्परा रहेको छ । साथै क्वाँटी खाने पर्वका रुपमा पनि यसलाई चित्रण गरिएको पाइन्छ ।
विभिन्न प्रकारको गेडागुडीलाई भिजाएर टुसाएपछि क्वाँटीको रुपमा पकाएर खाने चलन रही आएको छ । पोषणविदहरूका अनुसार, क्वाँटी खाँदा स्वास्थ्यलाई विशेष किसिमको फाइदा हुन्छ । ९ प्रकारका गेडागुडी मिसाएर बनाइने क्वाँटीको सेवनले शरीरको पाचन प्रणालीलाई सक्रिय बनाउने पोषणविद्हरू बताउँछन् ।
यसका लागि साता दिनभित्रमै करीब १२ करोड रुपैयाँ बराबरको क्वाँटी विक्री भएको छ । खुद्रा व्यापार संघका अनुसार देशैभर १ साताको अवधिमा करीब १२ करोड रुपैयाँ बराबरको ६० टनभन्दा बढी क्वाँटीको विक्री भएको हो ।
पहिलेपहिले काठमाडौं उपत्यकाका नेवार समुदायले मात्रै क्वाँटी बनाएर खाने प्रचलन भए पनि पछिल्लो समय देशैभर क्वाँटी खाने प्रचलन बढेर गएको बताइन्छ । सबैजसो समुदायमा क्वाँटी खाने प्रचलन बढेसँगै विगतका वर्षहरूमा भन्दा पछिल्ला दिनमा क्वाँटीको खपत पनि बढ्ने गरेको सरोकारवालाहरू बताउँछन् ।
प्रतिक्रिया