युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक, ४ करोड ६० लाख नाफा

४ बर्ष अगाडि

काठमाडौं - युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त  विवरण अनुसार संस्थाले वित्तीय प्रगति गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४ करोड ६० लाख ८२ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनी ४ करोड १४ लाख नोक्सानीमा थियो । कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएसँगै नाफामा सुधार आएको हो । 

सो अवधिमा कम्पनीको विद्युत् विक्री आम्दानी २७ प्रतिशतले बढेर १३ करोड ४५ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो नाफा १० करोड ५४ लाख ७६ हजार रुपैयाँ थियो ।

हाल ४२ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ८ लाख ४८ हजार रुपैयाँ सञ्चित छ । त्यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९७ पैसा, मूल्य आम्दानी अनुपात ४३ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २० पैसा रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया