२ हजार ७५जनामा कोरोना सङ्क्रमण पुष्टि, एकैदिन ६३ हजार बढीले लगाए कोरोना खोप

४ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा  पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा  नेपालमा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ ।यो संँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ४८५  पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना जना कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कारोना मुक्त हुनेको संख्या ६ लाख ९५ हजार नाघेको छ । 

नेपालमा हाल ३९ हजार ३२१ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन् । हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया