काठमाडौं - विशिष्ट व्यक्तिहरूको मागअनुसार फर्निचर, भान्साका सामान, कार्पेट, पर्दा आदि सुविधाका सामान खरिदका लागि १४ करोड १७ लाख १७ हजार खर्च भएको छ ।
२०७७ साउनदेखि २०७८ असार मसान्तसम्म १ वर्षमा यो रकम खर्च भएको महालेखा परीक्षकको कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ । महालेखाले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ५८ औँ वार्षिक प्रतिवेदनमा अघिल्लो वर्ष सोही सामान खरिदका लागि ५ करोड ८७ लाख खर्च भएको उल्लेख गरेको छ ।
यो रकम सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गरेको भन्दै विशिष्ट व्यक्तिले प्रयोग गरेका निवासमा विगतदेखिका सामानको बारेमा केही उल्लेख नगरी प्रत्येक वर्ष एकै प्रकृतिका सामान खरिद गरी उपलब्ध गराउँदै आएको उल्लेख छ ।
प्रतिक्रिया