मलेसियाबाट ८ नेपालीको शब र १६ जनाको अस्तु नेपाल आइपुग्यो

४ बर्ष अगाडि

मलेसियामा ज्यान गुमाएका  ८ नेपाली कामदारको शव काठमाडौँ आइपुगेको छ । वैदेशिक रोजगारीको क्रममा  मलेसियामा रहँदा ज्यान गुमाएका ८ नेपालीको शबशनिवार काठमाडौँ ल्याइएको हो ।

 ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया