ताप्लेङजुङ जिल्ला अदालतमा कूल ४५२ मुद्दामध्ये ३१३ फछ्र्यौट

४ बर्ष अगाडि

ताप्लेङजुङ - ताप्लेङजुङ जिल्ला अदालतले आर्थिक बर्ष २०७७/०७८ मा ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कूल ४५२ मुद्दामध्ये ३१३ फछ्र्यौट भएको हो  ।

अघिल्लो आवमा जिम्मेवारी सरी आएका १४४ तथा नयाँ दर्ता भएका ३०८ थान गरी ४५२ मुद्दा फछ्र्यौट भएको  जिल्ला अदालतका श्रेष्तेदार शम्भुनाथ रेग्मीले जानकारी दिए । 

चालू आर्थिक बर्षका लागि भने १३९ थान मुद्दा जिम्मेवारी सरी आएकामा १८ महिना नाघेको एउटा, १२ देखि १८ महिना भित्रका आठ, छदेखि १२ महिनाभित्रका ४१ र छ महिना भित्रका ८९ मुद्दा रहेको अदालतले जानाएको छ । 

गत आवमा ६ महिना भित्रका १२०, छदेखि १२ महिना भित्रका १५३, १२ देखि १८ महिना भित्रका ३५ र १८ महिना नाघेका पाँच गरी कूल ३१३ मुद्दा फछ्र्यौट भएको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया