यो साता ६ कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - यस साता नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा विभिन्न ६ कम्पनीको सेयर सूचिकृत भएको छ ।

यस साता ६ कम्पनीको एक करोड ३ लाख २८ हजार ८ सय ३३.२२५ कित्ता सेयर सूचिकृत भएको हो । जसमा २ कम्पनीको बोनस सेयर, ३ कम्पनीको ऋणपत्र र एक कम्पनीको प्राप्तिपश्चातको सेयर रहेको छ ।

नेपाल फाइनान्स कम्पनी लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार नेपाल फाइनान्स कम्पनी लिमिटेडले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि नेपाल फाइनान्सको नामबाट १८ लाख ७९ हजार ४ सय ५२ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

योसँगै अब ललितपुर फाइनान्सका शेयरधनीहरूको सेयर नेपाल फाइनान्स कम्पनी लिमिटेडको नामबाट खातामा देखिनेछ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले १स्१ सेयर स्वाप रेसियोमा ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेको हो ।

एनएमबि उर्जा ऋणपत्र 
यो साता नेप्सेमा '४ प्रतिशत एनएमबि उर्जा ऋणपत्र-२०९२/९३'को १५ लाख कित्ता ऋणपत्र पनि सूचिकृत भएको छ ।

बैंकले १ हजार रुपैयाँको दरमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई  १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४५-२०९२-९३’ निष्काशन बिक्री गरेको  थियो । जसमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि बिक्री गरेको थियो  ।

एनएमबि ऋणपत्र
'८.५० प्रतिशत एनएमबि ऋणपत्र-२०८७/८८' को २० लाख कित्ता ऋणपत्र यो साता नै नेप्सेमा सूचिकृत भएको छ । एनएमबि बैंक लिमिटेडले १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर  भएको 'एनएमबि ऋणपत्र ८.५०५-२०८७/८८' जारी गरेको थियो । 

२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमध्ये  बैंकले १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरेको थियो भने  ८ लाख कित्ता (सो मध्ये ५५ सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणका निष्काशन गरेको थियो । 

राधी विद्युत कम्पनी लिमिटेड
यसै साता नेप्सेमा राधी विद्युत कम्पनी लिमिटेडको ३६.५ प्रतिशत बोनस बापतको १७ लाख २८ हजार ४ सय ८१.२२५ कित्ता सेयर सूचिकृत भएको छ । राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट हालको चुक्तापुँजीको ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस बापतको ५ लाख ७० हजार ९ सय कित्ता सेयर सूचिकृत भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

प्रभु बैंक लिमिटेड
यो साता नेप्सेमा प्रभु बैंक लिमिटेडको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार '८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७' को २६ लाख ५० कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

प्रभु बैंक लिमिटेडले जेठ ११ गते, मंगलबारदेखि जेठ २६ गते, बुधबारसम्म १० वर्ष अवधिको लागि '८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर-२०८७'  नाममा प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । सोही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया