अफगानिस्तानबाट  थप १६५ नेपाली स्वदेश फर्किए

४ बर्ष अगाडि

अफगानिस्तानबाट उद्धार गरिएका नेपाली फर्कने क्रम आज पनि जारी रहेको छ । आज जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् ।

काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये थप केही आज स्वदेश फर्कने परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिए । शुक्रबार साँझसम्म ४७० जना स्वदेश फर्किएका छन् । शुक्रबार दुईवटा उडानबाट १७४ जना स्वदेश फर्केका हुन् ।

काबुल छाडिसकेका करिब एक हजार जना नेपालीमध्ये ५३० जना स्वदेश फर्कने क्रममा विभिन्न मुलुकमा ट्रान्जिट र क्वारेन्टिनमा छन् । आगमनपछि अध्यागमनलगायत आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई सिसिएमसीको समन्वयमा सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया