सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । त्यस्तै सरकारले भदौ ७ गते देशभरका नेवार समुदायलाइ सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यस अघि गाईजात्रामा काठमाडौँ उपत्यकामा मात्र विदा हुने गरेकोमा सरकारले देश भरका नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो । श्रीकृष्ण जन्माष्टमी पर्वको विदा भने नयाँ हो।
प्रतिक्रिया