अमेरिका र ओमानसँग हुने विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागी १७ सदस्यीय टोली घोषणा गरेको हो ।
टिममा ज्ञानेन्द्र मल्लको कप्तानीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी,कुलश भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोब रहेका छन्।गुल्शन झा पहिलो पटक टिममा परेका छन् ।
त्रिकोणात्मक सिरिजअघि नेपालले ओमानमै पपुवा न्यु गिनीसँग दुई ओडीआई क्रिकेट म्याच खेल्नेछ ।
नेपाली टिम आगामी मंगलबार ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ ।
टोलीसँगै प्रमुख प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमण सिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर रोकश काशिभाइ गोहिल पनि ओमान जानेछन्।
प्रतिक्रिया