काबुलबाट अमेरिकी फ्लाइटमा देश छोड्न सफल भइनन् चर्चित महिला पप स्टार

४ बर्ष अगाडि

एजेन्सी - अफगानिस्तानकी सबैभन्दा चर्चित महिला पप स्टार अर्याना सैयद काबुलबाट अमेरिकी फ्लाइटमा देश छोड्न सफल भएकी छन् । काबुलमाथि तालिबानको कब्जापछि अफगानिस्तानको अवस्था अराजक भएपछि पप स्टार अर्यानाले देश छोडेकी हुन् । 

उनले इन्स्टाग्राममा पोस्ट् गर्दै देश छोड्न सफल भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, 'म एकदमै ठिक छु । जिउँदै छु । धेरै डरलाग्दा रातपछि म कतारको दोहा पुगेकी छु । र यहाँबाट इस्तांबुल जाने तयारी गरिरहेकी छु ।' 

३६ वर्षीया अर्याना आफगानी टेलिभिजनमा एक रियालिटी शोको निर्णायक थिइन् । मिडिया रिपोर्टका अनुसार उनी अमेरिकी कार्गो जेटमार्फत अफगानिस्तान छोड्न सफल भएकी थिइन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया