अफगानिस्तानबाट १३ हजारको उद्दार गरिएको अमेरिकाको दावी, आतंकवादविरुद्धको अभियान जारी रहने

४ बर्ष अगाडि

एजेन्सी - अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म १३ हजारको उद्दार गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जोखिमकाबीच अहिलेसम्म १३ हजारको बढीको उद्दार गरिएको बताएका छन् ।

अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको उल्लेख गर्दै उनले यसलाई ‘अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान’ भनेका छन् । बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने वाचा पनि गरेका छन् । सेनाहरु फिर्ता भएपछि आतंकवादविरुद्ध युद्धका बारेमा पुनस् एक पटक आफ्नो प्रतिवद्धता पनि जनाएका छन् ।

उनले यदि तालिबानले अमेरिकी सैनिकहरुविरुद्ध आक्रमण गर्ने गल्ति गर्यो भने त्यसको तिब्र तथा कडा जवाफ दिइने स्पष्ट पारेका छन् । यस्तै अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको पनि उद्धार गर्ने उनको भनाइ छ ।

अफगानिस्तानमा तालिवानले तीव्र गतिमा गरेको कब्जालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा बाइडेनको आलोचना भइरहेको छ । तालिवानले अमेरिकाको पासपोर्ट भएकाहरुलाई विमानस्थल प्रवेशमा रोक नलगाएको बताउँदै बाइडेनले अहिलेलाई थप सैनिक पठाउनु पर्ने अवस्था नरहेको बताए ।

अमेरिका नेतृत्वमा विगत २० वर्षदेखि जारी सैन्य अभियान अन्त्यको घोषणा गरेसँगै अफगानिस्तान तालिबानको कब्जामा आएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया