मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन पक्राउ, उपचारका लागि विदेश जान नपर्ने

४ बर्ष अगाडि

काठमाडौं - जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ । 

युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा चन्दा सङ्कलन गर्ने संस्थाकी अध्यक्ष झापाको विर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत र सदस्यद्वय हल्दीबारीका ४४ वर्षीय धनबहादुर सेञ्चुरी तथा विर्तामोडका ३२ वर्षीय टेकबहादुर बस्नेतलाई पक्राउ गरिएको हो ।

प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाई वे स्टाफ होटल एण्ड लजबाट उनीहरुलाई चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा र रु चार लाख छ हजार ४०६ नगदसहित पक्राउ गरिएको हो । 

उनीहरुले १२ जना बिरामीको नाममा समूह बनाएर १० अटो ट्याम्पो भाडामा लिई कास्की, तनहुँ, स्याङ्जा, दैलेख, सुनसरी, चितवन, नवलपरासी, पाल्पालगायतका जिल्लाबाट चन्दा सङ्कलन गर्दै आएको उनले जानकारी दिए । चन्दा ऐन २०३० अन्तर्गत उनीहरुको जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

साथै नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचारसमेत यहीँ हुन थालेका हुन् ।
 
मुख्यरुपमा अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि भारतसहित विभिन्न देश जाने गर्दछन् । सबैभन्दा ठूलो सङ्ख्यामा भारतका दिल्लीलगायतका शहरमा बिरामी जाने गरेकामा पछिल्लो समय स्वदेशमै उपचार गर्ने प्रचलन बढेर गएको छ । कोभिडका कारण बाहिर जान सहज नभएपछि स्वदेशकै सुविधासम्पन्न अस्पताल र दक्ष चिकित्सकको खोजी हुन थालेको छ ।
 
निजी अस्पतालको छाता संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल ९अफिन० का महासचिव हेमराज दाहाल पछिल्लो समय विदेश उपचार गर्न जानेको सङ्ख्या घट्दै गएको बताउछन् । सुविधासम्पन्न निजी अस्पताल र दक्ष जनशक्ति स्वदेशमै उपलब्ध हुने भएपछि बाहिर उपचार गर्न जानु नपरेको उनको भनाइ छ ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया