लाइसेन्सको ट्रायल परीक्षा अर्को सातादेखि

४ बर्ष अगाडि

सवारी चालक  अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा अर्को सातादेखि खुल्ने भएको छ । गत वैशाख १६ गतेबाट स्थगित भएको लाइसेन्सको ट्रायल परीक्षा  अर्को सातादेखि खुल्ने भएको हो । 

यातायात ब्यबस्था विभागले कोरोनाको दोस्रो लहर सुरु भएपछि   ट्रायल परीक्षा   स्थगित गरेको  थियो 

यस विषयमा विभागले कुरा राख्दा सरकारले बनाएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि ट्रायल खुलाउने तायारी थालिएको विभागले जनाएको छ । 

विभागले ट्रायल परीक्षा खोल्ने सम्बन्धमा मंगलबार सीसीएमसी समक्ष सिफारिस गरेको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया