निर्वाचन आयोगले माधव र महन्थको पार्टीलाई बोलायो

४ बर्ष अगाडि


निर्वाचन आयोगले माधव नेपाल नेतृत्वले दल दर्ताका लागि प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सनाखत गर्न भदौ ९ गते बोलाएको छ । शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले दुवै दललाई भदौ ९ गते सनाखतका लागि बोलाएको हो ।

प्रस्तावित दलका नेता र सांसदहरुलाई हस्ताक्षर गर्न भदौ ९ गते ११ बजेदेखि २ बजेसम्मको समय छुट्टयाएको आयोग स्रोतले जनाएको छ । यसअघि नेपाल र ठाकुरले प्रस्ताव गरेको पार्टीको नाममा फुर्को जोड्न नमिल्ने भएपछि दुवैले शुक्रबार नाम संशोधन गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया