पछिल्लो २४ घण्टा ३ हजार बढी संक्रमित थपिए, २६ जनाको मृत्यु र निको हुनेको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं,  पछिल्लो २४ घण्टामा नेपालमा थप ३०४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा २६ जनाको मृत्यु र २२४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ  । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३०७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३४० जना पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या १० हजार ४५५ पुगेको छ

४ बर्ष अगाडि

प्रतिक्रिया