भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट र ७ गुण्डुको सिमानामा रहेको महादेव खोलामा निर्मित पुल .सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले एकैसाथ उद्घाटन गरेका छन् ।सदस्य थापाको पहलमा आएको रू ७३ लाख ६२९ को लागतमा पुल निर्माण गरिएको थियो ।
सांसद बस्नेतले चार वर्षमा २० अर्बको विकास बजेट ल्याएर जिल्लाको मुहार फेर्न सफल भएको र विकास, निर्माण र समृद्धिको यात्रामा भक्तपुर निकै अगाडि बढेको छ भने । “यो चार वर्षको अवधिमा चाँगुनारायणको दुवाकोटमा वीर अस्पताल निर्माणका लागि सात सय रोपनी जग्गा छुट्याइएकामा दोस्रो कार्यकालमा दुई अर्ब ८३ करोड रकम विनियोजन भयो, भक्तपुर क्यान्सर अस्पताललाई सरकारीकरण गरियो, क्यान्सर सेन्टर बनाउन ओली सरकारले दुई अर्बको बजेट विनियोजन गरेकाले नंखेल, चित्तपोल, सुडाल सिपाडोललगायत क्षेत्रमा ठाउँ खोजी भइरहेको छ, ” उनले भने, मानव अङ्ग प्रत्यारोपण केन्द्र झौखेलमा निर्माणका लागि डिपिआर बनाउन एक अर्बको बजेट विनियोजन भएको छ, क्षयरोग अस्पताल ठिमीलाई ५० शय्याको छाती रोग विशेषज्ञ अस्पताल बनाएर सञ्चालनको तयारीमा रहेको छ ।”
कोभिडका बिरामीको उपचारका लागि यहाँका छ अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बजेट ल्याउन सफल भएको चर्चा गर्दै नेता बस्नेतले अस्पतालमा एचडीयू, आईसीयू जडान गर्न थप रु २८ करोड जुटाइएको बताए । उनले सूर्यविनायकबाट धुलिखेल जाने सडक विस्तार गर्न रू दुई अर्ब र प्राणी उद्यान निर्माण गर्न यस वर्ष मात्रै डीपीआरका लागि रू चार करोड, हनुमन्ते नदीमा करिडोर निर्माण गर्न रू दुई अर्ब र सानोठिमी सडकका लागि रू ८१ करोड विनियोजन भएको पनि जानकारी गराए।
गोबरगाढाका ३५ घर डुबानमा
लगातारको वर्षाले सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको पूर्वी भेग हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्ती जलमग्न भएका छन् ।
सप्तकोशी नदीमा आज एक्कासि आएको बाढीले बस्तीका करिब ३५ घरमा पानी पसेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए । बाढीले दुईटा घरमा कटानसमेत गरेको जनाइएको छ । पानीको बहाव उच्च भएपछि ती घरमा दुई फिटसम्म पानी जमेको छ ।
चारैतिरबाट कोशी नदीले घेरिएको गोबरगाढा बस्ती प्रत्येक साल बाढी आएको बेला डुबानमा पर्ने गरेको वडाध्यक्ष बिन्देश्वर यादवले बताए । घरहरुमा बाढीले डुबेपछि स्थानीय बासिन्दा कोशीदेखि पर रहेका विद्यालयमा आश्रय लिएर बस्न बाध्य रहेको उनको भनाइ छ ।
स्थानीयवासी हरि यादव र शत्रुधन यादवको घर कोशी नदीले कटान गरेको छ भने अन्य घरमा पनि कटान गर्न सकिने डरले उनीहरु सुरक्षित स्थानको खोजीमा रहेको वडाध्यक्ष यादवले बताए।
यसैबीच वडाध्यक्ष यादवको नेतृत्वमा अहिले डुबानमा परेका घर र क्षतिको विवरण सङ्कलन कार्य भइरहेको नगरपालिकाले जनाएको छ
प्रतिक्रिया