काठमाडौं, फिल्म निर्माता मधु मन्टेना रामायणमा आधारित भएर ठूलो लगानीमा ‘रामायण थ्रीडी’ निर्माण गर्दैछन् । फिल्ममा बलिउडका ठूला कलाकारहरु एकसाथ देखिँदैछन् । नितिश तिवारीले निर्देशन गर्ने फिल्ममा ॠतिक रोशन र दीपिका पादुकोणले पहिलो पटक एकसाथ काम गर्दैछन् । फिल्ममा ॠतिकले रावणको भूमिका निर्वाह गर्नेछन् भने दीपिका सीता माताको भूमिकामा देखिनेछिन् ।
अहिले निर्माण टिम फिल्ममा भगवान रामको भूमिकाका लागि कलाकारको खोजीमा छ । सबैभन्दा पहिलो साउथ सुपरस्टार महेश बाबूलाई यो रोल अफर गरिएको थियो । तर, उनले ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको फिल्मलाई डेट्स दिइसकेकाले ‘रामायण थ्रीडी’ मा काम गर्न इन्कार गरे । अब यो रोलको अफर बलिउड अभिनेता रणबीर कपूरलाई गरिएको खबर प्राप्त छ ।
निर्देशक नितेश आफैंले रणबीरलाई फिल्म अफर गरेका हुन् । उनलाई लाग्छ कि भगवान रामको चरित्रमा रणबीर पर्फेक्ट हुनेछन् । रणबीर यो फिल्ममा काम गर्न सकारात्मक रहेको इन्डिया टाइम्सले उल्लेख गरेको छ ।
प्रतिक्रिया