धितोपत्र कारोबारमा मुछिएका ३ जनालाई कारबाही गर्न निर्देशन

४ बर्ष अगाडि

 संसदीय अर्थ समितिले धितोपत्र कारोबारमा मुछिएका बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सहित नेप्सेका अध्यक्ष चन्द्र सिंह साउद र बोर्ड संचालक समितिका सदस्य समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मुद्दा छानविन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । 

शुक्रबार बसेको समितिको बैठकले बोर्ड र नेप्सेका अध्यक्ष द्वयले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको र त्यसमा ढकालको समेत अनुचित सहभागिता देखिएको भन्दै कारबाहीका लागि निर्देशन दिएको हो । बैठकले सबै पदाधिकारीलाई कानुन अनुसार कारबाही गर्न समेत सरकारलाई निर्देशन दिएको हो ।

सो अवसरमा समितिले पुँजी बजारको दिगो विकास र स्थायित्व काय गर्दै त्यस क्षेत्रमा स्वच्छता, पारदर्शिता, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेहिता प्रवद्र्धन गर्न नीतिगत, कानुनी, संरचनात्मक, व्यवस्थापकीय, प्रविधिगत र कार्यशैलीका पक्षमा गर्नुपर्ने सुधारको खाका तयार गरी समितिलाई जानकारी गराउन समेत समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया