काठमाडौं, काभ्रेपलाञ्चोक जिल्लाले भदौ १५ सम्म स्मार्ट लकडाउन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस दर बढ्दै गएपछि बिहीबार (भदौ ३ गते) राती १२ गते देखि भदौ १५ गते १२ बजेसम्म स्टार्म लकडाउन हुने जनाएको छ ।
लकडाउनको अवधीभर सबै प्रकारका भेला,जुलुस। सभा, सम्मेलन, सिनेमा हल,रेष्टुरेन्ट, क्लब,स्वीमिङ पुल। मनोरञ्जन स्थल, शैलुन,ब्युटि पार्लर आदि सञ्चालन गर्ने पाइने छैन् ।
यस्तै, गोष्ठी, सेमीनार,बैठक,समीक्षा प्रशिक्षण जस्ता क्रियाकलापहरु भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्नेछ । साथै हाट,मेला,जात्रा,महोत्सव, पार्टि भोज जस्ता भिडभाड हुने कार्य नगर्ने पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
यसैगरी, सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कुल सिट क्षमता भन्दा बढी यात्रु नराखी निर्धारित जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने पर्नेछ ।

प्रतिक्रिया