काठमाडौं। लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा १४ जना पदाधिकारी रहने टुंगो लागेको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।
कांग्रेस विधानमा अब महाधिवेशनमार्फत निर्वाचित हुने गरी १३ जना र निर्वाचित केन्द्रीय सदस्यबाट मनोनीत हुने १ जना गरी कुुल १४ जना पदाधिकारी रहने टुंगो लागेको हो ।
यससँगै कांग्रेसमा अब एक जना सभापति, दुई–दुई जनाका दरले उपसभापति र महामन्त्री, आठ जना सहमहामन्त्री तथा एक जना कोषाध्यक्ष गरी कुल १४ जना पदाधिकारी रहनेछन् ।
यस्तै, सभापतिदेखि सहमहामन्त्रीसम्मका १३ जना पदाधिकारी महाधिवेशन प्रतिनिधिको मतमार्फत निर्वाचित भएर आउनुपर्ने छ भने एक जना कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले केन्द्रीय समितिमा सिफारिस गर्नेछन् ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरू पदाधिकारीको विषयमा आआफ्नो अडानमा अडिग रहेको बेला शुक्रबार नयाँ विकल्प आएपछि नेताहरू सहमतिमा पुगेका हुन् ।
प्रतिक्रिया