काठमाडौं, आफ्नो उत्कृष्ट अभियन र विभिन्न कारण बलिउड फिल्मका प्रशंसक संसारभर रहेका छन् । बलिउडमा कयौं यस्ता स्टार (कलाकार) देख्न पाइन्छ, जसले आफ्नो अभिनय र लुक्सले संसारभरका दर्शकको मन जितेका छन् । यस्ता केही बलिउड अभिनेत्री छन्, जसको सम्पत्ति अकुत छ । तीमध्ये सबैभन्दा धेरै सम्पत्ति भएका पाँच अभिनेता बारेमा चर्चा गर्दैछौ ।
बलिउडमा सबैभन्दा बढी सम्पत्ति भएकी अभिनेत्रीको कुरा गर्नुपर्दा ऐश्वर्या राय बच्चन पहिलो नम्बरमा आउछिन् । उनको कुल सम्पत्ति १०० मिलियन डलर रहेको छ । भारतमा मात्र नभर ऐश्वर्या रायको फ्यानफलोइङ विश्वभर रहेका छन् । उनले सन् १९९४ मा विश्व सुन्दरीको ताज समेत जितेकी थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्या रायले एउटा फिल्ममा काम गरेको ७ देखि ८ करोड सम्म पारिश्रमिक लिने गरेकी छन् । यस्तै, उनले इरुवर फिल्मबाट आफ्नो फिल्मी करिअर सुरु गरेकी हुन् । उनको फिल्म करिअर मध्येमा ताल, हम दिल दे चुके सनम, देवादास उनका कदमै सफल फिल्म हुन् । रायले अन्र्तराष्ट्रिय ब्रन्ड संग पनि काम गरिसकेकी छन् ।
बलिउड सबैभन्दा धनाड्य अभिनेत्री मध्ये करिना कपुर दोस्रो स्थानमा आउछिन् । उनको कुल सम्पत्ति ६० मिलियन डलर रहेको छ । उनले एक फिल्ममा काम गरेको २० करोड सम्म चार्ज लिने गरेकी छन् । उनले रिफ्युजी बाट फिल्म करिअरमा डब्यु गरेकी थिइन् । करिनाले हालसम्म ५७ वटा फिल्ममा काम गरिसकेकी छन् ।
बलिउडमा सबैभन्दा बढी सम्पत्ति भएकी अभिनेत्रीको सूचीमा प्रियांका चोपडा तेस्रो स्थानमा पर्दछिन् । प्रियांकाको कुल सम्पत्ति ५० मिलियन डलर रहेको छ । उनले एक फिल्ममा काम गरेको २१ करोड सम्म पारिश्रमिक लिने गरेकी छन् । उनी मोडल, सिंगर,फिल्म निर्माता र फिलोथ्रोपिस्ट हुन् । उनले द हिरो फिल्मबाट आफ्नो फिल्म करिअर सुरु गरेकी हुन् । उनको बलिउडमा मात्र नभएर हलिउडमा पनि उत्तिकै चर्चा रहेको छ ।
दिपिका पदुकोण बलिउडकी धनि अभिनेत्री मध्ये एक हुन् । उनी बलिउडको धनि अभिनेत्रीको सूचीमा चौथो नम्बरमा आउछिन् । हाल दिपिका बलिउडमा सबैभन्दा माग भएकी हिरोइन हुन् । उनीसंग हर कोही निर्देशकले काम गर्ने इच्छा राख्दछन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले एक फिल्ममा काम गरेको २० करोड सम्म पारिश्रमिक लिने गरेकी छन् । करिअरको पहिलो फिल्म ओ शान्ति ओमले नै दिपिकालाई चर्चाको शिखरमा पुराएको हो । उनको फिल्म करिअरमा ओम शन्ति ओम फिल्म सुपर डुपर हिट फिल्म हुन पुग्यो । यो फिल्म पश्चात दिपिकाले आफ्नो फिल्म करिअरलाई पछाडि फर्केर हेर्न परेको छैन् ।
फिल्म रवने बानादी जोडीबाट फिल्म करिअर सुरु गरेकी अनुष्का शर्मा पनि बलिउडी धनि अभिनेत्री मध्ये पाँचौ स्थानमा पर्दछिन् । उनको कुल सम्पत्ति ३६ मिलियन डलर रहेको छ । उनले पारिश्रमिक १२ करोड सम्म लिने गरेकीछन् । उनी एक अभिनेत्री मात्र नभएर फिल्म निर्देशक र मोडल पनि हुन् । उनी सन् २०१७ मा भारतीय क्रिकेट कप्तान विराट कोहोलीसंग वैवाहिक बन्धनमा बधिँएकी हुन् ।
प्रतिक्रिया