काठमाडौं - राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले नेकपा एमालेका १४ जना सांसदमाथि कारबाही गर्न नसक्ने बताएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६९२० अनुसार संसदमा विश्वासको मत लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रीय कमिटी कुनैमा पनि निर्णय नभएको उनले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत डा. देवकोटाले दलीय व्यवस्थामा हरेक निर्णय राजनीतिक दलभित्र हुनुपर्ने तर १४ जना सांसदमाथि गरिएको कारबाही प्रतिसोध साँधने उद्देश्यबाट प्रेरित भएको उनले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया